आजको मौसम : थोरै स्थानहरूमा मेघ गर्जन सहित क्षणिक वर्षा

Khabar24Nepal Author Logo..
खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १०, काठमाडौं । आज दिउँसो पुर्वी पहाडी भू-भागमा आंसिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पूर्वी पहाडि भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । यस्तै राती देशको पश्चिमि भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायूको आंशिक प्रभावका साथै स्थानिय वायूको समेत प्रभाव रहेको छ भने देशको पूर्वी भू-भागमा सामान्य बदली रहेकोछ भने मध्य र पश्चिम का पहाडी भेगमा आंशिक बदली रहेको छ ।

मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको संभावना रहेकोले चट्याङ्गबाट जोगिन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस