काठमाडौं र पोखराका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत ८, काठमाडौं ।काठमाडौं महानगरपालिका-१५ चमतीबाट धादिङ थाक्रे गाउँपालिका-३ का ३५ वर्षीय रामचन्द्र परियार र सोही ठाउँका ३६ वर्षीय सानुभाई दर्जीलाई अवैध लागूऔषध चरेश ४ किलो ६ सय ३० ग्राम सहित मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरीले सानुभाई दर्जीको कोठा खानतलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

    कास्की पोखरा महानगरपालिका-१५ स्यानीपाटनबाट सोही ठाउँ बस्ने २३ वर्षीय खगराज पुनलाई नियन्त्रित लागूऔषध नर्फिन इन्जेक्सन २ एमएलको १० एम्पुल, डाईजापाम ईन्जेक्सन २ एमएलको १० एम्पुल, फेनरागन ईन्जेक्सन २ एमएलको १० एम्पुल सहित बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

    भारतबाट लागूऔषध ल्याई बिक्रि वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनिसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस