सल्यानमा बस दुर्घटना हुँदा २२ जना घाइते, ४ को अवस्था गम्भीर

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत ७, सल्यान । सल्यानमा यात्रुबहाक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेमध्य ४ को अवस्था गम्भीर छ ।

जिल्लाको काभ्राबाट खलंगा हिडेको ना ५ ख ७७५० नम्बरको बस बिहिबार बिहान त्रिबेणी गाउँपालीका ६ शंखमुल नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते हुनेमा लक्ष्मिपुर निवासी ७१ बर्षीय बल बहादुर थापा, त्रिवेणी ३ निवासी ४८ बर्षीय धनविर रावत, छत्रेश्वरी ७ निवासी १७ बर्षीय बिशाल रावत र लुहाम निवासी ७० बर्षीया पार्वती श्रेष्ठ रहेको कान्तिपुर सामुदायी हस्पीटल श्रीनगरका संचालक रामकृष्ण रेग्मीले जानकारी दिएका छन् । उनिहरुको थप उपचारका लागी नेपालगन्ज रिफर गरिएको उनले बताए ।

त्यस्तै अन्य १८ जना घाइतेहरुको कान्तिपुर सामुदायीक अस्पतालमा उपचार भैरहेको छ । उनिहरुको अवस्था सामान्य रहेको संचालक रेग्मीले बताए ।

घाइतेको नामवली यस प्रकार छ ।

प्रतिक्रिया दिनुहोस