ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार श्रीमान श्रीमतीको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत  ७,भरतपुर । ठोरी माडी हुलाकी सडकखण्डको भरतपुर ८ सिताराम चोकमा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार श्रीमान श्रीमतीको मृत्यु भएको छ ।

आज साँझ भरतपुरबाट गितानगरतर्फ जादै गरेको ना ४२ प ४२३ को मोटरसाईकलाई सोही दिशाबाट आएको ना ४ ख ४९८२ नम्बरको ट्रकले ठक्कर दिदाँ विपरित दिशाबाट आएको ना ७ ख १५६० को सिटि बसले ठक्कर दिदाँ भरतपुर १३ का अम्बिका कोइराला र उनका श्रीमान सुकदेव कोइरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशिलसिंह राठौरले जानकारी दिनुभयो ।ठक्कर दिने ट्रकहरुलाई प्रहरीले नियन्त्रणमा लिइएकोे छ ।

प्रतिक्रिया दिनुहोस