काभ्रेमा विप्लव समूहका सदस्य र प्रहरीबीच गोली हानाहान

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत ५, काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोली र विप्लव समूहका सदस्यबीच काभ्रेमा गोली हानाहान भएको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले घटनाको पुष्टि गरेका छन् । उनले भने, ‘विप्लव समूहका केही सदस्यलाई फलो गर्दै हाम्रो टोली त्यसतर्फ गएको थियो । उनीहरुले गोली चलाएपछि दोहोरो फायरिङ भएको भन्ने कुरा आएको छ । विस्तृत विवरण आइसकेको छैन ।’

प्रतिक्रिया दिनुहोस