दुई प्याराग्लाइडिङ कम्पनी बन्द

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत ४, पोखरा । सोमबारसम्म महानगरमा दर्ता नभएका गोल्डेन हेभन प्याराग्लाइडिङ र एड्भान्स प्याराग्लाइडिङलाई रोक लगाइएको छ । दर्ता तथा नवीकरण हुन अटेरी गरेका प्याराग्लाइडिङ कम्पनीलाई पोखरा महानगरपालिकाले सोमबारदेखि उडानमा रोक लगाएको हो ।

उनीहरुलाई महानगरले पटकपटक म्याद दिएर दर्ता हुन समय दिँदा पनि उपस्थित नभएपछि उडान बन्द गर्नु परेको महानगर राजश्व शाखाका आन्तरिक लेखा परीक्षक रोमनाथ उपाध्यायले जानकारी दिए । ‘धेरैपटक समय दियौं । तर उहाँहरुले अटेरी गर्नुभयो । कारबाही स्वरुप उडान बन्द गरिदिएका हौं,’ उनले भने ।

पोखरा महानगरमा सोमबारसम्म ३५ वटा प्याराग्लाइडिङ व्यवसाय दर्ता र नवीकरण भएको छ । महानगरले व्यवसाय स्वीकृति लिन फागुन २२ गतेसम्मका लागि म्याद तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस