एनआरएनएद्वारा अमेरिकाको मेरिल्याण्ड राज्यसॅंग दशैं दिवसको मान्यता दिन माग

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ४, काठमाडौं। अमेरिकाको मेरिल्याण्ड राज्यसॅंग गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा दशैं दिवसको मान्यताको लागि माग गरिएको छ । आइतबार एनआरएनए मेरिल्याण्ड चाप्टर कार्यसमितिको बैठकबमोजिम एनआरएनका प्रतिनिधि सुप्रिया घिमिरेले अमेरिकाको मेरिल्याण्ड राज्यसॅंग एनआरएनएद्वारा दशैं दिवसको मान्यताको लागि माग गरेकी छन् ।

मेरिल्याण्ड प्रतिनिधि सभामा “दशैँ दिन” को अवधारणालाई त्यहाँको सरकारले मान्यता दिनुपर्ने उनले भनेकी छन् । उनका अनुसार आफूहरुले आफ्नो संस्कार स्वतन्त्र रुपले मनाउन पाउनुपर्छ । साथै, मेरिल्याण्डमा सबै धर्म, जाति र संस्कृतिलाई मान्यता दिइएको बताउँदै उनले दशैँका अवसरमा दशैँ मान्ने नेपालीलाई विदा दिन पनि माग गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस