सीके राउतको बैठक : कार्यकर्ताको मोबाइल समेत बाहिर राख्न लगाइयो

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत ३,  काठमाडौं । सिके राउत संयोजक रहेको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिरहाको लहानमा सुरु भएको छ । सरकारसँग भएको ११ बुँदे सम्झौताबाट मूलधारमा आएपछि गठबन्धनको यो पहिलो बैठक हो । बैठक सिरहाको लहान मरवारी सेवा आश्रममा बसिरहेको हो ।

स्वतन्त्र मधेशको एजेण्डा छाडेको भन्दै सहमतिपछि गठबन्धनभित्र केही नेताले असन्तुष्टि जनाइरहेका छन् । कतिपय कार्यकर्ताले त धोका भएको भन्दै यो कुरा सिके राउत समक्ष राखिसकेका छन् ।गठबन्धनले राममनोहर यादवलाई सहिद घोषणा गराउन नसकेकोमा पनि थुप्रै कार्यकर्ताहरुले चित्त दुखाएका छन् । यी सबै विषयमा सिके राउतले दुई दिनसम्म चल्ने बैठकमा चित्त बुझाउने प्रयास गर्ने स्रोतको दावी छ ।बैठक वरिपरी सुरक्षा व्यवस्था कडा पारिएको छ । यहाँसम्म कि परिषद्का सदस्यहरुको मोवाइल समेत बैठकस्थलभित्र निषेध गरिएको छ । उनीहरुको नागरिकता वा अन्य पहिचान खुल्ने प्रमाणपत्र हेरेर मात्र भित्र छिर्न दिइएको छ ।

बैठकमा उपत्यका सहिद २३ जिल्लाका कम्तीमा २०० जनाको सहभागिता रहेको बताइएको छ । बैठक भोलिसम्म चल्नेछ । बैठकपछि राउतलाई लहानमै शक्ति प्रदर्शन सहित नागरिक अभिनन्द गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस