नवलपुरको कावासोतीमा ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु २ जना गम्भीर घाइते

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

३ चैत, नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोतीमा दुईवटा ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् ।

कावासोतीको खरकट्टा जंगलमा आइतबार बिहान दुई बजेतिर ना ७ ख १०९९ र ना ६ ख ११९४ नम्बरको ट्रक ठोक्किँदा दाङ घर भएका अनराम राखलको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा दाङकै सुदिप राई र विनोद लामा गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि चितवनको भरतपुर लगिएको छ ।राखलको शवलाई पोस्टमार्टमका लागि दुम्कौली स्वास्थ्य केन्द्र देवचुलीमा पठाइएको नवलपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस