विप्लवका कार्यकर्ता उदयपुरमा पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत्र २,काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता उदयपुरमा पक्राउ परेका छन् । उदयपुरका जिल्ला सदस्य तिलक तामाङ ९आक्रोश० त्रियुगा नगरपालिका ७ चिसापानीबाट पक्राउ परेका हुन् ।

विप्लव समूहको गतिविधिलाई प्रतिबन्ध लगाएपछि पक्राउ परेका उनलाई विप्लवसमूहले आह्वान गरेको नेपाल बन्दकी दिन राति ८ बजे पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ ।

यस्तै नेकपाले सेक्रेटरी प्रशान्तले एक विज्ञप्ती जारी गर्दै राजनीतिक प्रतिशोध राखेर सुराकी गरेर आफ्ना पार्टीको जिल्ला सदस्यलाई पक्राउ गरेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस