गुडिरहेको बसमा आगलागी

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत्र २, सुर्खेत– वीरेन्द्रनगरबाट कालिकोट जाँदै गरेको बसमा विद्युत सट हुँदा आगलागी भएको छ ।

गाडीकै विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगो लाग्न सुरु गर्ने बितिकै यात्रुहरु झरेका कारण मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।कर्णाली यातायातको बा४ख ८७८ नम्वरको बसमा दिउँसो करिब १२ बजे कर्णाली राजमार्गको बराहताल गाउँपालिकाको हुड्केमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक ९डीएसपी० प्रदीपबहादुर क्षेत्रीले बताए ।

उनका अनुसार अहिले घटनास्थलमा प्रहरी पुगी अध्ययन अनुसन्धानका साथै सहायताको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस