राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याव टेक्निसियन घुस रकम सहित नियन्त्रणमा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत १, काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंका ल्याव टेक्निसियन (नायब सुब्बा) सरोज रोका धुस सहित प्रक्राउ परेका छन ।

मेडिकल सेन्टर सेवा बिस्तार गर्ने प्रयोजनका लागि नियमानुसार गर्नुपर्ने काममा बिभिन्न बहाना बनाइ काममा आलटाल गरी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिईएको हो ।

उनले सेवाग्राही संग २२,०००।– घुसबापतको रकम लिईसकेको अवस्थामा निजकै कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस