दाङको कालाकाटे नयाँ बस्तीका वासिन्दाहरुलाई पानीको हाहाकार

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा

फागुन ३०, दाङ । दाङको पूर्वी देउखुरीमा पर्ने कालाकाटे नयाँ बस्तीका बासिन्दालाई पिउने पानीको हाहाकार परेको छ ।


पूर्वपश्चिम काकरभिट्टा महेन्द्रनगर मात्रै नभएर राजधानी काठमाडौं ओहोर दोहोर गर्ने पूर्वपश्चिम महेन्द्र राजमार्ग छेवैमा देखिन्छ यो दृष्य ।
गाग्री र पानीभर्ने अन्य भाडाकुडाहरुको कच्रघान छ । तर धाराको पानी बिहान बेलुका केही समय मात्रै आउछ । पैयाप्त मात्रामा पानी उपलब्ध हुन सकेको छैन ।
पानीभर्ने गाग्री र भाडाहरुको लावालश्कर देख्दा , स्थानीय वासिहरुको असन्तुष्टि सुन्दा यो मानवीय मन पग्लेर आउछ ।
सम्बन्धित निकायको यचित ध्यान जान सकेको छैन । कति समय यसै गरि दाङको पूर्वी देउखुरीमा पर्ने कालाकाटेका जनताहरुले खानेपानीको समस्यामा बस्नुपर्ने हो ? यसको जवाफको खोजिमा यहाका जनताहरु पानी बिना छट्पटाईरहेका छन ।

प्रतिक्रिया दिनुहोस