विद्यार्थीहरुबीच खुकुरी हानाहान

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

फागुन ३०, लमजुङ । लमजुङको बेसीशहर नगरपालिका ३ स्थित लमजुङ मा .वि. मा विद्यार्थीहरुबीच खुकुरी हानाहान भएको छ । सोही स्कुलमा पढ्ने सञ्जीव तामाङको ४ जनाको समुहले कक्षा १० मा अध्ययनरत बिष्णुप्रसाद देउजामालाई खुकुरी हानेको हो ।

उनीहरुबीचको झगडामा देउजाको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जानकारी दिएको छ । घाइते देउजाको लमजुङ सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका काठमाडौं लगिएको छ ।देउजामाथि खुकुरी प्रहार गर्ने तामाङ समुहको ४ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

देउजा होस्टेलमा बस्दै आएका थिए । उनलाई होस्टेलबाट स्कुल आउदा कम्पाउण्ड बाहिर झगडा भएको र कम्पाउण्डभित्र पहिलो पिरियडमै थप झगडाहुँदा खुकुरी प्रहार भएको लमजुङ माविका प्रधानाध्यापक सीता बरालले जानकारी दिए ।

उनीहरुबीच महाशिवरात्रीमा भएको फुटवल प्रतियोगितामा भनाभन भएको बुभिएको छमहोत्तरी – कञ्चनवनमा लागेको मिथिला माध्यमिकी परिक्रमा मेलामा ग्यास सिलिण्डर विस्फोट हुँदा २ जना घाइते भएका छन् ।घाइते हुनेमा मेलामा बेलुन बेच्दै आएका औरही नगरपालिका २ का ४० वर्षीय रामकरण कापर र छेउमा बसेका गौशाला नगरपालिका १० का ६० वर्षीय अमरुद्दिन लहेडी रहेका छन् ।घाइते दुवैजनाको उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय सितापुर भंगहाले जनाएको छ

प्रतिक्रिया दिनुहोस