बन्दको प्रभाव उपत्यकामा आंशिक

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३०, काठमाडौं । विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा आंशिक परेको छ ।

बन्दकर्ता सडकमा नदेखिए पनि बन्दको प्रभाव परेको छ । कलेज तथा विद्यालय नखुलेपछि पठनपाठन प्रभावित भएको छ बिहानैबाट निजी सवारी साधन निर्वाध चलिरहेका छन् । तर, सार्वजनिक सवारी साधनमा भने यसको प्रभाव परेको छ । सार्वजनिक सवारी कम चल्दा यात्रुले सास्ती पाएका छन् ।
काठमाडौंबाट बाहिरिने लामो दूरीका सवारी साधन पनि चलेका छैनन् ।

पोखरा, दाङ र प्युठानमा संकास्पद बस्तु फेला फेला परेको छ भने मकवानपुरमा ट्रकमाथि आगजनी भएको छ । यस्तै कैलालीमा यात्रुवहाक वसमाथि आगजनी भएका कारण सार्वसाधारण भने त्रसित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस