प्रेममय मुक्तकहरु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • विपना मगर

म  वारि हुदा  तिमी पारि नभैदिए हुन्छ

चाेखाे सम्बन्धमा झगडा बारबारि नभैदिए हुन्छ

म त साँचो मनले~~ माया गर्ने मान्छे  हजुर

यति भन्छु मेराे खालि निधारि नभैदिए हुन्छ।

 

याे भरि माया भाेलि अाधी भयाे भने

जिन्दगी हाम्राे पुरै समाप्ति भयाे भने

साच्चिकै धेरै पछुताएर के गर्नु पछि

इमानदारी प्रेम अपराधी भयाे भने।

 

३-

तिम्रै भर पर्छु भनी ढाट्याै भने तिमिले

म बाहेक अन्त मुटु साट्याै भने तिमिले

जिन्दगी कै कालाे दिन हुने छ मेराे

छिया-छिया पारि मुटु काट्याै भने तिमिले।

 

४-

तिम्रै फाेटोे  हेरि कराउने गर्छु

बितेका यादमा हराउने गर्छु

बिश्वास गर्छु र त भर छ तिम्रो

टाढिन्छाै कि कतै डराउने गर्छु।

 

सुन्छहरी गाउपालिका 7 रोल्पा

प्रतिक्रिया दिनुहोस