उखान प्रयोगको विषयमा कोमल वलीले मागिन् माफी

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फागुन २९, काठमाडौं । आफूले प्रयोग गरेको एक उखानका कारण विवादमा तानिएकी राष्ट्रियसभा सदस्य कोमल वलीले संसद बैठकबाटै माफी मागेकी छन् । एक टेलिभिजन अन्तर्वार्तामा उनले प्रयोग गरेको मरेपछि ‘ राजा’ उखानले आफूहरुलाई होच्याएको भन्दै दलित समुदायले विरोध जनाएका थिए ।

बुधबारको राष्ट्रियसभा बैठकमा सांसद ओलीले आफूले प्रयोग गरेको उखानको शब्दले कसैमाथि चोट पुगेको भए क्षमा याचना गर्ने बताएकी हुन् । ‘यो कार्यक्रममा मैले त्यो उखान कुनै एक समुदायको मन दुखाउन प्रयोग गरेकी थिइनँ । मैले प्रयोग गरेको उखानको शब्दले दिने अभिधार्थका कारण कसैलाई चोट पुगेको भए म त्यसप्रति म क्षमा याचना गर्दछु’ उनले भनेकी छन् ।

आफूले पूर्व योजनाअनुसार नभइ तत्कालिन अवस्थामा कुनै विचार नपुर्‍याई उखान प्रयोग गरेको सांसद वलीको भनाइ छ । ‘मेरो मष्तिश्कमा तत्कालिन समयमा यसले पुर्‍याउने हानी यसले मेरै समाजको एउटा समुदायलाई चोट पुर्‍याउन सक्छ भन्ने कल्पनासमेत थिएन । यो त विविध सन्दर्भमा उखान प्रयोग गर्ने बानीको आकस्मिकतामात्र थियो’ उनले भनिन् ।

देशका सबै जाति र समुदायप्रति आफ्नो उच्च सम्मान रहेको भन्दै कसैको मर्यादामा आँच पुर्‍याउनका लागि उखान प्रयोग नगरिएको पनि सांसद वलीले प्रष्ट्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस