भरतपुर महानगरपालिकाको वडा कार्यालयमा बम विस्फोट

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फागुन २९, चितवन । जिल्लाको भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । गएराति १२ः३० बजे भएको विस्फोटले वडा कार्यालयका झ्यालका सिसा फुटेको छ । विस्फोटपछि लागेको आगोले कागजपत्रसमेत जलेको प्रहरीले जनाएको छ ।

बम विस्फोट लगत्तै महानगरको दमकल र सुरक्षाकर्मीको आगो नियन्त्रणमा लिएको थियो । विस्फोट कसले गरायो भन्ने खुलेको छैन । तर, प्रहरीले विप्लव नेतृत्वको पार्टीको संलग्नता हुनसक्ने अनुमान गरेको छ । विस्फोट गराएको आशंकामा प्रहरीले राति नै ६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस