बलिउड अभिनेत्री मनीषा कोइरालाको महामृत्युञ्जय सार्वजनिक (भिडीयो सहित)

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन २८, काठमाडौं । बलिउड अभिनेत्री तथा लेखक मनीषा कोइरालाले महाशिवरात्रिका अवसरमा ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक गर्नु भएको छ । संस्कृत शब्दमा रहेको महामृत्युञ्जयमा परम्परागत शब्दमा तयार गरिएको छ ।

मनीषासँगै सुरेन्द्र श्रेष्ठ र सरस्वती खत्रीको स्वर रहेको महामृत्युञ्जयमा संगीत स्वर सुरेन्द्र श्रेष्ठ, सितारमा राजीव श्रेष्ठ, बाँसुरीमा प्रेम राना र गिटारमा विकास सिंहको साथ रहेको छ । मानिस अस्वाभाविक मृत्युबाट बच्न र राम्रो स्वास्थ्यका लागि यो मन्त्र तयार गरिएको गायिका मनीषाले जानकारी दिइन । टाइम्स म्युजिक स्प्रिचुअल युट्युब च्यानलबाट सार्वजनिक मन्त्रको भिडियो निर्देशन र सम्पादन अनुप सापकोटाले गरेका हुन भने, उज्ज्वल जोशी र जावेद खानले यो मन्त्र छायांकन गरेका हुन् । दीप तुलाधरले रेकर्ड गरेको यस मन्त्रको भिडियो पशुपतिनाथ र पाटन दरबार क्षेत्रमा खिचिएको हो ।

प्रतिक्रिया दिनुहोस