पर्सामा सामूहिक आत्महत्या प्रयास ! एक जनाको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फागुन २८, वीरगञ्ज । पर्साको जीराभवानी गाउँपालिकामा तीन जनाले सामूहिक आत्महत्याको प्रयास गरेको घटना सार्वजनिक भएको छ ।

जिराभवानी गाउँपालिका ४ सढीटोलकी २७ बर्षकी सजिता कुमारीको मृत्यु भएको छ भने दुई जना बिरामी भई भारतको इनर्वा बजारमा उपचार भइरहेको छ ।भारतको इनर्वा बजारस्थित डा. अनिल कुमारको क्लिनिकमा उपचार क्रममा उनको मृत्यु भएको थियो । उनको शव पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा ल्याइएको छ ।

सोही गाउँकी १३ बर्षकी मजिता कुमारी र जिराभवानी गाउँपालिका वडा नं २ सेढवा २२ वर्षका सञ्जय दास बिरामी छन् ।उनीहरु भारतको इनर्वा बजारमै उपचार गराई घर फर्किएका छन् । उनीहरुले विष सेवन गरेको आशंका गरे पनि पुष्टि भएको छैन ।

प्रतिक्रिया दिनुहोस