नेपाली सेनाले सुरु गर्‍यो काठमाडौं उपत्यकामा निःशुल्क बस

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फागुन २८,काठमाडौं ।नेपाली सेनाले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सुरु गरेको छ ।औषधि उपचारका लागि आउने बिरामीहरुका लागि नेपाली सेनाद्वारा सञ्चालित वीरेन्द्र सैनिक अस्पताल छाउनीले निशुल्क बस सेवा सुरु गरेको हो ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अस्पतालमा आउने बिरामी तथा कुरुवाको सजिलोका लागि निशुल्क बस सेवा सुरु गरिएको हो ।

दुई रुटमा संचालनमा ल्याइएको निःशुल्क बस सेवाका लागि बिहान ७ बजे छुट्ने बस विभिन्न स्थान हुँदै अस्पताल पुग्ने छ भने सोही रुट भएर दिउँसो साढे एक बजे फर्कने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस