सांसद शान्ता चौधरी बेहोस भएपछि अस्पताल भर्ना

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फागुन २८, दाङ । संघीय सांसद तथा नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलकी सचेतक शान्ता चौधरी बेहोस भएपछि अस्पतालमा भर्ना भएकी छन् ।

मंगलबार बिहान तुलसीपुरमा सरकारी वकीलको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्वोधन गरेको केही समयपछि उनी बेहोस भएकी हुन्।सरकारी वकिलकै कार्यालयमा बेहोस भए लगतै चौधरीलाई तत्कालै नजिकैको राप्ती प्रादेशिक अस्पतलमा पुर्‍याइएको थियो । चौधरीलाई इमरजेन्सी वार्डको ७ नम्बर बेडमा राखेर उपचार भइरहेको अस्पताल प्रसाशनले जानकारी दिएको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको चौधरीका स्वकीय सचिव सन्तोष दहितले जानकारी दिए । ‘अझैं रिपोर्ट आएको छैन, तर अहिले उहाँ बोल्न थाल्नुभएको छ,’ स्वकीय सचिव दहितले भने ।

उच्च रक्तचापका कारण यस्तो समस्या देखिने गरेको स्वकीय सचिब दलिहतलाई डाक्टरलाई उदृत गर्दै जानकारी दिए ।चौधरी यस अघि संविधान दिवसको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा पनि बेहोस भएकी थिईन ।

प्रतिक्रिया दिनुहोस