इनार खन्ने क्रममा पुरिएका युवकको शव २६ घण्टापछि निकालियो

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

फागुन २८, काठमाडौं । चन्द्रागिरी १२ दूरसचार पछाडि निर्माणाधीन घरको इनार खन्ने क्रममा माटोको डिस्को भत्किएर पुरिएका एक युवाको २६ घण्टापछि मृत अवस्थामा फेला पारेको छ ।

चन्द्रागिरी नगरपालिका १२ मा इनार खन्ने क्रममा सिन्धुली घर भइ हाल च.न.पा. ६ डेरा गरि बस्ने राम माझीको मृत्यु भएको हो ।आइतबार सो घटना भएता पनि उनलाई २६ घण्टा पश्चात् मृत अवस्थामा उनको शव ३० फिट मुनिवाट निकालिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख बसन्त लामाले वताए ।जिल्ला सिन्धुली घर भई चन्द्रागिरी ६ बस्ने ३५ बर्षीय राम माझी इनारको रिङ्ग हाल्ने क्रममा सो घटना भएको महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख कुमार विक्रम थापाले वताए ।माटो निकै कम्जोर रहेकाले इनारमा रिङ्ग हाल्ने क्रममा २६ गते माटो भासिएर दिउसो ४ बजेतिर घटना घटेको थियो । तर, २६ घण्टा लागातार नेपाल प्रहरी, नेपाली सेना, सस्त्र प्रहरी बल र स्थानीयको सहयोगले शब निकालिएको जानकारी प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक शंकर खड्काले दिए ।

महानगरीय प्रहरी बृत थान्कोटका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले मृतकको शव प्रारम्भिक अनुसन्धान र पोस्टमाटमका लागि त्री.बि शिक्षण अस्पताल पठाइएको जानकारी दिए ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख बसन्त लामाले भने इनार खन्ने क्रममा पुरिएको लामो समय सम्म उदार प्रयास जारी रहयो, जमिनको भौगोलिक कठिनाईको वावजुत उदार कार्यमा निकै कठिनाई उत्पन्न भएता पनि सानो गल्तीले गर्दा ज्यानै गुमाउनु यो ज्यादै दुखदायी कुरा हो, इनारमा काम गर्ने मजदुरहरूलाई तालिम र ज्ञानको अभाव देखिएको छ । सानो कमजोरी र गल्तीवाट पाठ सिकन जरूरी छ ।”

घटनापश्चात स्थानीयले प्रहरीलाई खबर गरे पश्चात् महानगरीय प्रहरी वृत्त थानकोट, प्रहरी प्रभाग वलम्वु, नेपाल प्रहरीको विपत व्यवस्थापन शाखाको टोली , सशस्त्र प्रहरी वल निलवाराही, नेपाली सेनाको जगदल, बृजिङ्ग महाशाखा थानकोटका टोलीले उनको उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस