कर्मचारीको मिलेमतोमा वीरगञ्ज मालपोतमा अनियमितता

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फागुन २७, पर्सा । वीरगञ्ज उ.म.न.पा. वडा नं. ४ विर्ता बस्ने शारदा देउजाको नाउँमा दर्ता रहेको जग्गा ढलान बाटोमा रहेको २ तल्ले पक्की घरको मुल्याकन कम गरि अनियमितता भएको पाईएको हो ।

रू ३५,००,०००।- मूल्यांकन जाने घरजग्गा रू ३,००,०००।- मोल राखी लिखत पारित गरि ३२ लाख को राजस्व  रू १,२८,००० मात्र तिर्न लगाई भ्रष्टाचार भएको देखिन आएको हो ।

सरकारी कागज किर्ते जालसाजी गरी ठगी गरेको, राजस्व असुलउपर गरी कानूनी कारबाही होस् भन्ने व्यहोराको उजुरीमा अनुसन्धान हुदा उक्त कुरा खुल्न आएको हो । मालपोत कार्यालय, पर्सा, बीरगन्जका रजिष्ट्रेशन फाँटमा कार्यरत रहेका ना.सु.दयाराम खत्री, ना.सु. लेखनाथ भट्टराई र मालपोत अधिकृत पदमप्रसाद अर्यालले पुग्नु पर्ने प्रमाण नहेरी मालपोत कार्यालयको कर्मचारीको मिलेमतोमा रजिष्ट्रेशन पारित गराएको देखिन आएको हो ।

जग्गा बिक्रीकर्ता सारदा देउजा र जग्गा खरिदकर्ता कौशलकिशोर श्रीवास्तवले जग्गाको मूल्यांकन कम गराउने उद्देश्यले थैली कम राखी लिखत तयार पारी मालपोत कार्यालयको कर्मचारीको मिलेमतोमा रजिष्ट्रेशन पारित गराएका हुन ।

ना.सु.दयाराम खत्री, ना.सु. लेखनाथ भट्टराई र मालपोत अधिकृत पदमप्रसाद अर्याललाई आज विशेष अदालत, काठमाडौंमा पेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस