नेकपा नेताले युवती हत्या गरि शव कोशीमा फालेको स्वीकार

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

 

फागुन २७, विराटनगर । मोरङका नेकपा नेता योगेन्द्र गुरुङले फागुन १७ गते शुक्रबारदेखि बेपत्ता भएकी २६ बर्षकी रमिला राईको हत्या गरी शव सप्तकोशीमा फालेको घटना सार्वजनिक भएपछि प्रहरी टोली शव खोज्न सप्तकोशीको ब्यारेज केन्द्रित भएको छ ।

दुई दिनयता नेपाल प्रहरीको टोली डुंगासहित कोशी ब्यारेज केन्द्रित भए पनि शव भेटिएको छैन । हत्याको प्रमाण संकलन गर्ने क्रममा दुई दिन यता इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईको नेतृत्वमा शव खोजिरहेका छन् ।

मोरङ प्रहरी प्रमुख मनोज केसीले पक्राउ परेका योगेन्द्र गुरुङले दिएको बयानका आधारमा सप्तकोशीमा प्रहरी टोलीले शव खोजिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस