समृद्ध नेता, दुःखी नेपाली

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ६ मिनेट
  • सुर्दशन अर्याल ”सितल”

आजको यूग वैज्ञानिक यूग हो । विचार र विवेकको युग हो । विचारबाट क्रान्ति जन्मन्छ र विवेकले त्यसको समाधान गर्दछ । कसैको विचार माथि गरिने अत्याचारबाट नै क्रान्तिको जन्म हुन्छ र विवेकको पूर्ण प्रयोगबाट त्यो प्रणालीमा रुपान्तरण हुनपुग्दछ । यो कुरा हामीलाई समयले प्रष्ट पारीसकेको छ । जस्तै, तत्कालिन माओवादीको १० बर्षे जनयुद्ध विचारको क्रान्तिबाट भएको थियो किनकी तत्कालिन सत्ताले उसको विचारलाई दमन गरेको थियो । तर, १२ बुँदे समझदारीसम्म आइपुग्दा क्रान्तिकारी विचार पछि हट्यो र त्यहाँ विवेकको प्रयोगले पूर्ण काम ग¥यो । परिणाम स्वरुप नयाँ प्रणाली स्थापित भयो । सत्य यही हो । तसर्थ विचार उत्तेजक, ध्वंसात्मक र उग्र पनि हुनसक्छ । उत्तेजक, उग्र र ध्वंसात्मक विचारको प्रयोगले व्यवस्थामा भौतिक परिवर्तन ल्याउन सक्ला तर शासन प्रणालीमा मर्यादित शान्ति ल्याउन सक्दैन । राष्ट्र, समाज र समूदायको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नतीका लागि कुनै परिवर्तन ल्याउन सक्दैन । यसका लागि बैचारिक क्रान्ति सहित विवेकको प्रयोग चाहिन्छ जसले प्रणालीलाई शान्त, संयम र पूर्ण बनाउँदछ ।

तसर्थ, उत्तेजक, उग्र र ध्वंसात्मक विचारले समाजको आवश्यक्ता बुझेको हुँदैन । त्यस्तो विचार समाज र समूदायको पूर्ण अधिकारका लागि प्रणाली संचालनमा चुक्न पुग्दछ । लोकतान्त्रिक व्यवस्थामा कायम हुनुपर्ने सुशासन, विकास, सद्भाव र एकता जस्ता शासन प्रणालीका मर्यादाहरु भुल्न पुग्दछ । जसले गर्दा विगतका गतिविधिलाई धिक्कार मान्दछ । समयको बर्बादी सम्झन्छ । समाजको आवश्यक्ता र भावुकता विपरितका क्रियाकलापले उसलाई पोल्न थाल्दछ । क्रान्तिको उपलब्धी र समाजको आवश्यक्ता विपरित ध्रुवमा भएको पाउँदछ । यसको पछिल्लो उदाहरण हामीले १० बर्षे तत्कालिन माओवादीको जनयुद्धलाई दिन सक्छौं । १० बर्षे क्रान्तिबाट प्राप्त उपलब्धीले मात्र सबै वर्ग, समूदाय र क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विभेद अन्त्य गर्न सक्यो त रु क्रान्तिको उपलब्धीले शासन प्रणालीमा हुनुपर्ने जिम्मेवारी, उत्तरदायित्व, निष्पक्षता र पारदर्शितालाई बोक्न सक्यो त रु सकेन । तसर्थ बैचारिक संघर्ष र विवेकपूर्ण गतिविधिबाट मात्र सकारात्मक परिवर्तन सम्भव छ । काँल्लामुनी लुकेर ढुंगा हान्दैमा क्रान्ति वास्तविक बन्दैन । तमाम जनताको सहभागितामा शान्तिपूर्ण जुलुस, सभा र भेलाले ल्याएको क्रान्ति वास्तविक बन्दछ । यो सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक समानता प्राप्तीको लागि सार्थक सिद्ध बन्दछ । यो नै बैज्ञानीक क्रान्ति हो ।

नेपाली समाज र राष्ट्रको प्रणालीगत विकासका लागि विभिन्न कालखण्डमा विभिन्न क्रान्तीहरु भए । क्रान्ति पश्चात प्राप्त उपलब्धीका माध्यमबाट शहरदेखि गाउँसम्म परिवर्तनका लहरहरु फैलिए । थिचोमिचो र विभेदको विरुद्ध जनता बोल्न सक्ने भए । समाजको सम्बृद्धि र राष्ट्रको उन्नतीका लागि आफ्नो अभिमतको सरकार निर्माण गर्न पाए । मुठ्ठीभर व्यक्तिहरुबाट संचालीत राज्यसत्ता आम नेपालीको पहुँचमा पु¥याउने काम गरे । यो व्यवस्थापकीय रुपमा देखिएको भिन्नता थियो । जनताको दैनिक गुजाराको व्यवहारीक पक्षमा देखिने प्रणालीगत भिन्नता भने थिएन । शासन व्यवस्थामा तत्काल परिवर्तन देखिएता पनि समाज र वस्तीहरुमा तत्काल परिवर्तनको महसुस भएन । हुनत, सामाजिक, आर्थिक र भौगोलिक परिवर्तन सत्ता र प्रणाली परिवर्तन जस्तो झट्ट दृश्यमा देखिने परिवर्तन हैन । यसले समय लिन्छ र क्रमिक रुपमा हुँदै जान्छ । परिवर्तनको प्रतिक्षामा समयका लहरहरु बग्दै जाँदा समाज, समूदाय र जनजीविकाको हित र उत्नतीमा जनताका आशाहरु किनारा लाग्दै गए । ब्यग्र प्रतिक्षाका जनताका ति नजरहरु ओइलाउँदै गए । तसर्थ नेपाली जनताको क्रान्तिबाट ल्याएको परिवर्तनले शासन व्यवस्थामा परिवर्तन ल्याउन त सफल भयो तर व्यवहारीक रुपमा राज्यका श्रोत र साधनहरुलाई नेपाली जनताकै सेवा, सुविधा र अवसरका लागि सरल र समूचित तरिकाले वितरण गर्ने शासन प्रणालीको रुपमा विकास गर्न सकेन । समाजमा रहेको वर्ग, समूदाय र क्षेत्रको समूचित विकासमा देखिने भिन्नता पक्कै भएन भन्ने कुरा राजनीतिक नेतृत्वको कार्यशैलीबाट प्रष्ट हुँदै गयो । ‘नाँच्न नजान्ने आँगन टेडो’ भन्ने नेपाली उखान चरितार्थ हुँदै गयो ।

व्यवस्था परिवर्तनमा भएको क्रान्तिले समाज र समूदायको प्रणालीगत विकासका लागि शासन प्रणालीमा क्रान्ति ल्याउन सकेन । शासन संचालन गर्ने नेतृत्वको क्षमता र सोचमा क्रान्तिकारी परिवर्तन आउन सकेन । बरु, संमयता र धैर्यता माथि सामन्तवादी सोचको पगरी गुथाउने काम भयो । नेपाली समाज र समूदाय दशकौं सम्म पनि त्यसको प्रत्यक्षदर्शि बन्यो तर सकारात्मक परिवर्तनका लागि नेतृत्वलाई घचघच्याउने आँट गर्न सकेन । राज्यका सबै निकायहरु अमर्यादित हुँदै गए । सत्ता संचालकमा राष्ट्र र जनताप्रतिको जिम्मेवारीबोध र उत्तरदायित्वको कुनै अंश भेटिएन । लोकतान्त्रिक व्यवस्थाको रक्षा कबच जनता भएझै समाज र समूदायको समूचित विकासको रक्षा कबच नेतृत्व र शासन प्रणाली हुनुपर्दथ्यो । शासन प्रणाली, समूदाय र समाजका समस्या समाधानका लागि पुल बन्नुपर्दथ्यो । अनि मात्र प्रणालीमा भएको परिवर्तन र समूदायको आवश्यक्ता विच लोकतान्त्रिक तारतम्य मिल्न पुग्दथ्यो । पछिल्लो समयसम्म पनि व्यवस्था प्रतिको रक्षा कबच जनताको ठूलो समूह बनिरह्यो तर समाज र समूदायको सेवा–सुविधा, हक–हित र अधिकारमा शासन प्रणाली पुलको रुपमा निर्माण हुन सकेन । वि।सं। २०४६ सालको परिवर्तन पछि व्यवहारीक रुपमा नेतृत्व र नेपाली जनता विच देखिएको आर्थिक असमानताले यसलाई प्रष्ट पारेको छ । तसर्थ आज जनता र नेतृत्व विचको दुरी बड्दै गहिरहेको छ । नेतृत्व र जनता विचको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक असमानताको दायरा फराकिलो हुँदै गएको छ ।

जहाँसम्म अहिलेको शासन सत्ता छ, यो आफैमा विचार र विवेकका हिसाबले लंगडो भएको छ । लंगडो यस अर्थमा छ कि, यसले विचार र विवेकको बैशाखी टेक्न जानेको देखिएन । जसरी निर्विवेकी सामन्ती सत्ताका मालिकहरु जनतालाई रैती बनाएर, उनीहरुलाई लदायर आफ्नो सेवा, सुविधा र सौख पुरा गर्थे आज त्यही विचारको धाराप्रवाह छ । तसर्थ यो जनताको हक, हित र अधिकारका लागि लंगडो शासन सत्ता हो । हिजोका सामन्ती सत्ताका मालिकहरुको शरीरमा फेरिने नयाँ कोट र जुत्ताबाट नेपाली नागरिकको सम्बृद्धिको मापन गरिएको थियो र आजको लोकतान्त्रिक सत्तामा पनि त्यसै गरिँदै छ । हिजो सत्तालाई इन्द्रको आशन मानिन्थ्यो भने आज पनि त्यस्तै मानिदै छ । नेतृत्वमा आएको आर्थिक हैसियतको परिवर्तनलाई जनताको आर्थिक सम्पन्नतामा लगेर जोडिएको छ । उनीहरुले लिने सेवा, सुविधा र उपभोग गर्ने तलब, भत्तालाई जनताको आर्जनसँग जोडिएको छ । मन्त्रीहरुका लागि विछ्याइएका राता कार्पेट र सौखका लागि भित्र्याइएका चिल्ला गाडी बलिदानी जनताको उपलब्धी भएको छ । नेतृत्वमा पलाएको भ्रष्ट सोच, गलत रबैया र गैह्र जिम्मेवारीपनलाई सार्वभौम जनताले मर्यादा, दृढता र इच्छा शक्तीका अग्रगामी योद्धाहरु भन्नु परेको छ । शासन प्रणालीमा मौलाएको भ्रष्टचार, कमिशन तन्त्र, न्यायिक अत्याचारले प्रणाली कुरुप भएको छ । बेरोजगार जनताको अभिमतबाट निर्मित राजनीतिक पदलाई रोजगारीको अवसर बनाउनु लोकतान्त्रिक पद्धत्ती हो वा सामन्ती पद्धत्ती रु बुझ्न ढिला भइसकेको छ ।

राजतन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दा सामाजिक र आर्थिक पाटोमा जनचाहना अनुरुप परिवर्तन भएको छैन । भोकानांगा जनताको व्यवस्थापन नहुँदा, स्वदेशमै रोजगारीको व्यवस्था नहुँदा, गरिबका घरबारी साहुँले कब्जा गर्दा र भोको पेटले कसैको दायाँको खाना पर्खिरहँदा ‘सम्मृद्ध नेपाल र सुखि नेपाली’को रंगीन रागले यसलाई अवतरण गराउँछ कि गराउँदैन रु रेल र पानी जहाजका मिठा सपनाहरुमा जनताले सडकको धुलो निल्न परेको तितो यथार्थ देखिन्छ कि देखिदैन रु स्मार्ट सिटी, घरघरमा ग्यासका पाइप, हावाबाट बिजुली, रेल र पानी जाहाज आदि समाजबादका आधार हुन या जनतालाई मजाक बनाउने गफ हुन रु कतै ‘सम्बृद्ध नेपाल, सुखि नेपाली’ को राग अपभ्रम्स भएर ‘सम्बृद्ध नेता, दुःखी नेपाली’ नबनोस । आकाशे उडानका सपना भर्दै जनताबाट टाडिनु भन्दा जनताको वर्तमान सडक समस्या समाधान गर्न वास्तविक धरातलमा ओर्लन सके जनता र सरकार विचको दुरी पक्कै कम हुने थियो ।

जनता समाचार डटकमबाट साभार

प्रतिक्रिया दिनुहोस