नेपाली तारा सिजन २ का बिजेता सन्तोष लामाको गित ”चाइनाको रेल” बजारमा (भिडियो सहित)

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन २७,काठमाडौ । नेपाली तारा सिजन २ का बिजेता सन्तोष लामाको नँया गित चाइनाको रेल बजारमा आएको छ ।
युवापुस्ताको लोकप्रिय गाएकको रुपमा चिनाउन सफल भएका गाएक सन्तोष लामाको चाइनाको रेल आइतबार बेलुकी बाट बजारमा आएको छ ।

अनिल के सीको प्रस्तुतिमा रहेको गित चाइनाको रेलमा सन्तोष लामा र इन्दिरा जोशीको निकै समधुर आवाजमा सजिएको छ भने कृष्ण के सीको रचना तथा हरि लम्सालको संगीत रहेको छ ।

गीतको भिडियो निकै रमाइलो तरिकाले प्रस्तुत गरिएको देखिन्छ । भिडियोमा कलाकार तथा संचारकर्मी सन्दिप क्षेत्री,मुस्कान रानी र क्रिस्टल क्लवज डान्स समुहको नृत्य तथा अभिनय रहेको छ । सन्दीप क्षेत्री र सन्देश जंग रानाको निर्देशन रहेको भिडियोमा कोरियोग्राफी क्रिस्टल क्लवज डान्स समुहकै रहेको छ ।

साथै चाइनाको रेल गीतको कभर भिडियो प्रतियोगिता समेत आयोजना गरिएको छ भाग लिन चाहनु हुने इच्छुक कलाकारहरुले जुन ३० तारिक सम्म आफ्नो भिडियो  [email protected] मा पठाउनु हुन समेत अनुरोध गरिएको छ ।
भिडियो निर्माण गर्ने समूह मध्ये एक उत्कृष्ट भिडियो छनौट गरि भिडियो निर्माण गर्ने समुहलाई एक लाख पुरस्कार समेत प्रदान गरिने गाएक सन्तोष लामाले बताउनु भयो ।

भिडियो हेर्नुहोस :

https://www.youtube.com/watch?v=sif3Ztoz8Io

 

प्रतिक्रिया दिनुहोस