जन्ती बोकेको बस दुर्घटना ४ जनाको घटनास्थलमै मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फागुन २६, बर्दिया । जन्ती बोकेको बस दुर्घटना ४ को घटनास्थलमै ज्यान गयो बर्दियाको बबइ नगरपालिका १० शाहिपुरबाट जन्ती लिएर फर्किँदै गरेको भे १ ख ८५४ नम्बरको बस दुर्घट्ना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

विवाहको जन्ती बोकेर फर्कदै गरेको बस दुर्घटनामा परी अन्य २६ जना घाइते भएका छन् । बस बबइ नगरपालिका–६ स्थित जम्ति खोलाको पुल नजिकै गएराति करिव १० बजेतिर पल्टिएको थियो ।दुर्घटनामा मृत्यु हुनेहरुमा धधवार गाविस ७ का १७ वर्षीय विष्णु थारु, १९ वर्षीय सन्तोष थारु, १९ वर्षीय निरज थारु र १४ वर्षीय अरुण थारुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते २६ जनालाई उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज पठाइएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको बर्दियाबाट पत्रकार दीपक शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस