अबकाे पुस्ता विवेकशील बन्ने कि, विवेकहीन ?

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फागुन २६, काठमाडौं । युवा पत्रकार तथा लेखक जीवन डाँगीले सामाजिक सञ्जालमा- काउरेडले नेतृत्व गर्दा यस्तो देखियाे: नेपाली समाज भनेर केही शब्दमा खराे टिप्पणी गरेका छन्।

उनले घुमाउरो तरिकामा गंगादेब गाउँपालिका अध्यक्ष वीर बहादुर केसी अर्थात् भिउदे खत्री देखि प्रधानमन्त्री केपी शर्मा ओली सम्मकाे टिप्पणी गर्न भ्याए। डाँगीकाे पहिलो टिप्पणी छ: स्थानीय सरकार दुई नागरिकता धारीकाे हातमा। यसकाे अर्थ हाे, गाउँपालिका अध्यक्षका २ नाममा २ नागरिकता भएको पुष्टि भयाे। स्थानीय तहका २ नागरिकता हुदा समेत जिल्ला प्रशासन कार्यालयले कारबाही प्रक्रिया अघि नबढाएकाे आक्राेस।

दाेस्राेमा लेखेका छन्: केन्द्रिय सरकार विखण्डनकारीकाे कब्जामा। प्रधानमन्त्री ओलीकाे सरकारले विखण्डनकारी सिके रावत जस्तालाई महत्त्वका साथ तामझाम सहित चाेख्याउनु। उनले अन्तिममा स्पष्टताका टिप्पणी गरेका छन्। अबको पुष्ताले: विवेकशील राेज्ने कि, विवेकहिन। नेपाल कम्युनिस्ट पार्टीले नेतृत्व गरेका, स्थानीय तह देखि केन्द्रीय सरकार देखिएका नाैटंकी। अबकाे युवा जमातले यस्तै चर्चिकला देखाउने नेकपाकै कार्यक्रता बन्ने कि, बैकल्पिक राजनीतिक शक्ति राज्ने भन्ने पनि प्रश्न गरेका छन्।

प्रतिक्रिया दिनुहोस