कोशी ब्यारेजमा हाईसको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन २४ इनरुवा । सुनसरीको कोशी गाउँपालीका ८ स्थित कोशी ब्यारेजमा दुर्घटनामा एकजनाको मृत्यु भएको छ । शुक्रबार २ २० बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको को ३३ प २०५१ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट आएका बा ५ फ ७११६ नम्बरको हाईसको ठक्करबाट एकजना मृत्यु भएको सीमा प्रहरी चौकी भाण्टावारीले जनाएको छ ।

कोशी ब्यारेज स्थित नेहरु पार्क नजिक हाईसको ठक्करबाट मोटरसाइकलको पछाडी सवार जिल्ला सप्तरी सप्तकोसी नगरपालिका ३ फत्तेपुर बस्ने वर्ष ६० का अमरबहादुर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब निरीक्षक अवधलाल साह सोनारले जानकारी दिए । मृतक थापाको शव लाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ भने ठक्कर दिने हाईस र चालक प्रहरीको नियन्त्रणमा रहेकोे छ ।

प्रतिक्रिया दिनुहोस