७ सिटे हेलिकोप्टरबाट बेन्च सिट हटाइने

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फागुन २४, काठमाडौं । एयरबसका हेलिकप्टरमा यस्ता बेन्च सिटहरु हुन्छन् । प्राधिकरणका एक उच्च अधिकारीका अनुसार झण्डै एक दर्जन यस्ता सिट हटाइसकिएको छ ।

‘यस्ता सिट कम्पनीमै जोडिएका हुन्छन् । तर, उच्च हिमाली क्षेत्रमा उडान गर्दा यस्ता सिटमा यात्रु राख्न सुरक्षाका हिसावले उचित देखिएन,’ प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने, ‘यात्रु तथा पाइलटको प्रवृत्तिलाई ध्यानमा राख्दा पनि ७ सिटे हेलिकोप्टरको बेन्च सिटलाई हटाउनुपर्छ भनेर निश्कर्षमा पुगेका हौं ।’

हेलिकोप्टर कम्पनीहरु पनि बेन्च सिट हटाउन तयार भएका छन् । महानिर्देशक गौतम नेपालको बिशिष्ट भूगोललाई ध्यानमा राखेर यस्तो सहमति बनेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस