सुदूरपश्चिम प्रदेश सांसद मल्ल अपहरित

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन २४ बझाङ । सुदूरपश्चिम प्रदेशसभा सदस्य देवकी मल्ल अपहरणमा परेकी छन् । शुक्रबार बिहान १० बजेतिर बझाङको केदारस्युँ गाउँपालिका सैन्सुबाट प्रदेश सांसद मल्ल अपहरण परेकी हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरीको उच्च स्रोतका अनुसार सांसद मल्ल अपहरणमा परेको जानकारी पाउनासाथ प्रहरी टोली परिचालन गरिएको थियो ।

“नारी दिवसको अवसरमा बुङ्गल नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सम्बोधनका लागि जाँदै गर्दा आफु सवार मोटर विग्रिएपछि उनलाई लिन १०- १२ वटा मोटरसाइकल उनलाइ लिन आएको र उनि तिनीहरु सगैं गएकी हुन । उनिहरु को थिए भन्ने खुल्न सकेको छैन । ३० मिनेट जति सांसद मल्लको मोवाईल अफ भएपनि अहिले उहा सम्पर्कमा आइसक्नुभएकाने छ ।” सुरक्षा श्रोत ले भन्यो । अपहरण नेकपा (विप्लव समूह) ले गरेको आशंका गरिएको छ।

सांसद मल्ल अपहरणमा परेको नपरेको बुझ्न प्रहरी निरिक्षकको टोली कार्यक्रम स्थल जादै गरेको जि. प्र .का बझाङ ले खवर २४ लाई जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस