नारी दिवसमा काग्रेस सभापति देउवाको शुभकामना सन्देश

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिलाहरुलाई शुभकामना दिएका छन् । शुभकामना वक्तव्य जारी गर्दै सभापति देउवाले अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको उल्लेख गरेका छन् ।

‘सहरदेखि दूरदराजका गाउँहरुमा आज पनि महिलाहरु शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन् ।‘हिंसा- लोकतन्त्र र जनताको सम्प्रभुता माथिको सबैभन्दा ठूलो खतरा हो । मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक हो र सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो,’ महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरणको आवश्यकता औँल्याउँदै वक्तव्यमा लेखिएको छ, ‘नेपाली कांग्रेस सबैखाले हिंसाको अन्त्य चाहन्छ । महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पुर्याउनेछ भन्ने मैले विश्वास लिएको छु ।’वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस