संखुवासभामा पेस्तोल सहित २ जना पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३, संखुवासभा ।संखुवासभा मादी नगरपालिका-५ ढाडेगाउँ बस्ने २३ वर्षीय बुद्धिमान तामाङ समेत २ जनालाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली १ थान सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस