- खबर24नेपाल ब्युरो
फाल्गुन २३,दाङ । दाङ जिल्ला फुटबल संघले घोराहीमा शनिबार हुुने भनिएको शहिद लखन थापा कप फुुटबल प्रतियोगिता रोक्न आग्रह गरेको छ ।
संघले आज एक प्रेस विज्ञप्ती जारी गरी फिफाको नियम विपरित खेल अघि बढाईएको भन्दै शनिबार हुुने भनिएको फाईनल खेललाई रोक्न आग्रह गरेको हो । संघका अध्यक्ष सुुसिल श्रेष्ठ द्धारा जारी विज्ञप्तीमायहि फागुुन १७ गते भएको खेलमा फिफाको नियम अनुुसार युुएनबिसी बिजयी भएको उल्लेख गरिएको छ । फागुुन १७ गते बडहरा युुवा क्लब र युुएनविसी बिच भएको फाइनल खेलमा बडहरा युुवा क्लबका खेलाडी बिजेन्द्र घर्तीले ४१ औँ मिनेटमा रेड कार्ड पाएपछि खेल बिवादित भएको थियो ।
रेफ्रिले खेलाडीलाई बिना कारण रेडकार्ड दिएको भन्दै बडहरा युुवा क्लब फुुटबल ग्राउण्डबाट बाहीरिएपछि मुुख्य रेफ्रि अमृत केसीले फिफाको नियम अनुुसार युुएनबिसी बिजयी भएको घोषणा गर्नुुभएको थियो । तर खेल आयोजक नेपाल मगर संघले पर्सि २५ गते पुुनः खेल हुने बताएको छ ।
साथै संघले रेफ्रिको नियम विपरित खेलको आयोजना गरेको भन्दै खेल पुनः संचालन भएमा आगामी दिनमा गलत नजिर बस्ने विज्ञप्तीमा उल्लेख गरेको छ ।
विज्ञप्ति हेर्नुहोस :