बसन्तपुरमा ग्यास सिलिन्डर पड्कियो एक घर पुर्ण क्षती

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३, काठमाडौं । काठमाडौंको बसन्तपुर स्थित मख्खान गल्लीको यट्खा टोलको एक घरमा ग्यास पड्केर भएको आगलागी फैलिएर एक घर पुर्ण क्षति भएको छ ।

प्रहरीका अनुसार अहिलेसम्म ९ वटा ग्यास पड्किसकेका छन्। आगलागीबाट एक घर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने दुईवटा घरमा लागिरहेको आगो अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस