रोल्पाको त्रिवेणी गाउँपालिकाको कार्यालय नजिकै दुईवटा सकेट बम

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

रोल्पाको त्रिवेणी गाउँपालिकाको कार्यालय नजिकै दुईवटा सकेट बम फेला परेका छन्। जुगारमा रहेको कार्यालयको दक्षिणी पर्खालदेखि २० मिटर टाढा कालो पोलिथिनमा दुईवटा बम फेला परेका हुन्।

इलाका प्रहरी कार्यालय होलेरीका इन्चार्ज लेखनाथ चापागाईका अनुसार बम रहेको स्थानमा प्रहरीले सुरक्षा पहरा दिइरहेको छ। बम डिस्पोजका लागि नेपाली सेनासँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले जनाए।

 

प्रतिक्रिया दिनुहोस