बाँके प्रहरी द्वारा ३५ लाख रकम सहित २ जना भारती नागरिक पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  •  सागर थापा /महेन्द्र सिंह

फागुन २३, बाकें । जिल्ला प्रहरी कार्यालयले बाँके प्रहरीले करिब साढे ३५ लाख ४४ हजार रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ । बुधबार साँझ करिब ६ बजे नेपालगन्ज पासाङ ल्हामु मार्गबाट २ जनालाई यति धेरै रकमसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै भारतीय नागरिक भएको प्रहरीले जनाएको छ । पक्राउ परेका एक जना ३० बर्षीय नागरिक हुन् भने अर्का १२ बर्षीय बालक छन् । प्रहरीले अनुसन्धानका लागि भन्दै उनीहरुको नाम खुलाउन चाहेको छैन ।


उनीहरुले शरीरका विभिन्न भागमा लुकाएको अवस्थामा यतिधेरै रकम फेला परेको बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले जानकारी दिए । उनीहरुले रकम कहाँबाट ल्याए र कुन उद्देश्यले ल्याए, वैध हो वा अवैध हो भन्ने अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घटनास्थलमा पुगेका बाँके जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक दीपक मल्लका अनुसार पैसा बोकेको अवस्था र उनीहरुले वैद्य रकम भनी पुष्टि गर्न नसकेको हुँदै रकम अवैध नै भएको हुन सक्ने सम्भावना बढी छ । प्रहरी निरीक्षक मल्लका अनुसार पक्राउ परेकाहरुको मोजाभित्र, कट्टुभित्र, ज्याकेटभित्र, स्यान्डोभित्र नगद फेला परेको हो ।

विशेष सुराकीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिई खानतलासी गर्दा रकम फेला पारिएको पनि प्रहरी निरीक्षक मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस