आइतबार प्रधानमन्त्री ओलीले कोरोनाबिरुद्धको खोप लगाउने

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

फागुन २२ काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोना भाइरसबिरुद्धको खोप लगाउनु हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आइतबार महाराजगञ्ज स्थित त्रिवी शिक्षण अस्पताल महाराजगन्ज पुगेर कोरोनाबिरुद्धको खोप लगाउनु हुने भएको छ ।

प्रधानमन्त्री ओलीले बिहान १० बजे खोप लगाउनु भएपछि नेपालमा दोस्रो चरणको खोप अभियानको सुरुवात हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो अभियान ६ हजारभन्दा बढी खोप केन्द्रबाट संचालन हुने बताइएको छ ।जसमा १५ वटा हिमाली जिल्लाका ५५ वर्ष माथिकालाई पनि खोप दिइने छ । दोस्रो चरणको यो अभियानमा ६५ वर्षमाथिका १६ लाख नागरिकलाई खोप लगाउने सरकारको उदेश्य रहेको छ । । आइतबार नै संवैधानिक निकायका पदाधिकारीहरुले कोरोना बिरुरुद्धको खोप लगाउने कार्यक्रम रहेको स्थास्थ्य मन्त्रमलयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस