बेलायतको पर्यटन दूतमा महन्त श्रेष्ठ नियुक्त

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन २२, लण्डन । बेलायतमा सफल व्यवसायीको परिचय बनाउनु भएका महन्तबहादुर श्रेष्ठलाई नेपाल पर्यटन बोर्डले बेलायतका लागि मानार्थ जनसम्पर्क प्रतिनिधि नियुक्त गरेको छ । गैर आवासीय नेपाली सङ्घ, बेलायतका संस्थापक अध्यक्ष समेत रहनु भएका श्रेष्ठलाई बोर्डले दुई वर्षका लागि प्रतिनिधिमा नियुक्त गरेको हो ।

यससंगै बोर्डले श्रेष्ठलाई प्रेस विज्ञप्ति, समाचार र प्रवर्धनात्मक सामग्रीहरु उपलब्ध गराउनेछ । श्रेष्ठले नेपाली दूतावास लन्डन, टुर अपरेटर्स, होटल व्यवसायीलगायत सरोकारवालासँग निकट रहेर कामगर्नुपर्नेछ । सन १९७६ मा बेलायत आउनु भएका श्रेष्ठ रेष्टुरेष्ट र प्रोपर्टीव् यवसायमा सँलग्न श्रेष्ठको वियर फ्याक्ट्री छ ।

प्रतिक्रिया दिनुहोस