राष्ट्रपतिबाट खातुनलाई बधाई

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन २२, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले किशोरी मुस्कान खातुनलाई बधाई दिनुभएको छ । तेजाब आक्रमणविरुद्ध कडा कानून र सजायका लागि साहसिक अभियान सञ्चालन गरेवापत प्रतिष्ठित ‘अन्तरराष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकामा राष्ट्रपतिले बधाई दिनुभएके हो ।

राष्ट्रपति भण्डारीले आज अपराह्न ट्वीट गरी खातुनले तेजाब आक्रमणको असह्य पीडालाई शक्तिमा बदलेकामा प्रशंसा गर्दै सो पुरस्कार दिलाउने अमेरिकी सरकारलाई पनि धन्यवाद दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस