आज दिउँसो ४ः०० बजे नेकपा संसदीय दलको बैठक बस्दै

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, काठमाडौँ। सत्तारुढ नेकपाको संसदीय दलको बैठक आज बस्दैछ ।नेकपाका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठक दिउँसो ४ः०० बजेका लागि बोलाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा १७२ जना प्रतिनिधिसभा सदस्यमध्ये बहुसंख्यक उपस्थित हुने प्रमुख सचेतक भट्टराईले जानकारी दिए ।सो बैठकमा आइतबारदेखि सुरु हुने प्रतिनिधिसभा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल गर्न संसदीय दलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस