म्यानमारको सेनाले सञ्चालन गरेका पाँच च्यालन युट्युबले बन्द

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२ , एजेन्सी । युट्युबले म्यानमारको सेनाले सञ्चालन गरेका पाँच च्यानल डिलिट गरेको छ ।गएको फेब्रुअरीमा निर्वाचित सत्ता हत्याएको सेनाले प्रदर्शनलाई नियन्त्रणमा लिनका लागि बल प्रयोग गर्दै आएको छ । हिंसा बढ्दै गएपछि युट्युबले सेनाका च्यानल डिलिट गरेको हो । सामाजिक निर्देशिका उल्लंघन गरेका कारण पाँच च्यानल डिलिट गरिएको शुक्रबार युट्युबले बताएको हो ।

फेब्रअरी १ मा सेनाले निर्वाचित नेताहरुलाई नियन्त्रणमा लिएर सत्ता हत्याएसँगै त्यसको विरोधमा प्रदर्शन हुँदै आएका छन् । प्रदर्शनकारीले सैनिक शासन अन्त्य हुनु पर्ने र नियन्त्रित नेताहरुलाई रिहा गरिनु पर्ने माग गरेका छ ा प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागेर थप एकजनाको ज्यान गयो ।

प्रतिक्रिया दिनुहोस