CORONA VIRUS बाट कसरी बच्ने ? यसका लक्ष्यण र बच्ने तरिकाहरु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कोरोना भाइरसले स्तनधारी जनावर तथा चराचुरुङ्गीहरूमा रोग निम्त्याउने गर्दछ। मानिसहरूमा यसले श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउने गर्दछ जुन प्राणघातक पनि हुन सक्छ। हालसम्म यसको विरुद्ध कुनै खोप वा औषधिको आविस्कार भएको छैन।

कोरोना भाइरस समुद्री खानाबाट मानिसमा सर्ने एक प्रकारको भाइरस हो। यस भाइरसको सङ्क्रमणबाट सन् २०२० जनवरी ५ मा चीनमा पहिलो व्यक्तिको मृत्यु भएको थियो। अहिले यो भाइरस चीनबाट विभिन्न देशहरूमा फैलिरहेको छ। यस भाइरसबाट चीनमा अध्ययनरत एक जना नेपाली व्यक्तिलाईसमेत सङ्क्रमण भएको पुष्टी भएको छ ।

कोरोना भाइरसका लक्षण

ज्वरो आउने
खोकी लाग्ने
श्वासप्रश्वासमा कठिनाइ हुने
निमोनिया हुने
विभिन्न्न अंगमा असर पुग्ने
मृत्यु हुने जोखिम

सावधानीका उपायहरू

जीवित जनावरहरूको धेरै सम्पर्कमा नबस्ने।
खोक्दा हाच्छ्युँ गर्दा टाढा बस्ने या रुमालले मुख छोप्ने ।
व्यक्तिगत सरसफाइमा ध्यान दिने।
रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने।
भिडभाडमा सावधानी अपनाउने।
यदि लक्षण देखिएमा अस्पतालमा सम्पर्क गर्ने।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न निम्न सतर्कता अपनाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस