नेपालगञ्जमा हात्तीपाईलेको औषधी सेवन दर ५२ पुग्यो

नगरप्रमुख डा. धवलशम्शेर राणा र उपप्रमुख उमा थापा मगरले सबैभन्दा पहिले औषधी सेवन गरि अभियानको सुरुवात
Khabar24Nepal Author Logo..
खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३, नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकामा यसवर्ष हात्तीपाईले रोग विरुद्धको आम औषधी सेवन गर्नेहरु बढेर ५२ प्रतिशत पुगेको छ । गतवर्षमा ३९ प्रतिशतले औषधी सेवन गरेकोमा यसवर्ष औषधी सेवन गर्नेहरुको सङ्ख्या बढेको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो ।

आम नगरबासीलाई औषधी सेवनका लागि प्रमुख डा. धवलशम्शेर राणा र उपप्रमुख उमा थापा मगरले सबैभन्दा पहिले औषधी सेवन गरि अभियानको सुरुवात गर्नुभएको थियो । उपप्रमुख थापाको नेतृत्वमा नगरका विभिन्न वडामा अनूगमन सञ्चालन भएको थियो । उपप्रमुख थापाको नेतृत्वमा विगतमा सवैभन्दा कम औषधी सेवन गर्ने वडामा घरदैलो अभियान समेत सञ्चालन भएको थियो । जसका कारण यसवर्ष औषधी सेवन गर्नेहरुको संख्या बढेको हो ।

नेपालगञ्ज उप–महानगरपालिकाको वडा नम्बर १८ मा सबैभन्दा बढि ८४ प्रतिशतले औषधी सेवन गरेका छन् । यसैगरी वडा नम्बर २१ मा ८३ प्रतिशत १० मा ७० प्रतिशत, १३ मा ६७ प्रतिशतले औषधी सेवन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस