पत्रकार गुप्ताले पाए जिल्ला अदालतबाट सफाई

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, दाङ । दाङ देउखुरीस्थित एक सहकारी सस्थाको रकम हिनामिनाको आरोप खेप्दै आउनुभएका देउखुरी टुडेका प्रधान सम्पादक पुरानो पत्रकार सन्तोष कुमार गुप्ताले सफाई पाउनुभएको छ । सम्मानित दाङ देउखुरी अदालतले बिहीबार पत्रकार गुप्तालाई सफाई दिएको हो ।

गुप्तालाई राप्ती गाउँपालिका २ मा रहेको प्रभात बचत तथा ऋण सहकारी सस्थाको रकम हिनामिना गरेको आरोप लागेको थियो । रकम हिनामिना गरेको आरोपमा पत्रकार गुप्तालाई २०७५ साल कार्तिक २३ गते ईलाका प्रहरी कार्यालय भालुबाङले पक्राउ गरेको थियो ।

अदालतका न्यायधीश हिमलाल बेल्बासेको इजलाशले गुप्तालाई सफाई दिने फैसला गरेको हो । गुप्तासंगै उक्त सहकारी सस्थाका ब्यबस्थापक रमिता चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । रकम हिनामिना गरेको आरोप लागेका रमिताका श्रीमान बसन्तकुमार चौधरी भने अहिले पनि फरार रहेका छन् ।

सहकारी सस्थाका अध्यक्ष टेकबहादुर कार्की, उपाध्यक्ष शिबहरी चौधरी र कोषाध्यक्ष रामप्रसाद चौधरीको निबेदनका आधारमा पहिलो पटक पत्रकार गुप्तालाई प्रहरीले पक्राउ गरेको थियो । त्यसको केही दिनपछि सहकारीका ब्यबस्थापक रमिता चौधरीलाई पक्राउ गरेको थियो ।

गुप्तालाई सफाई दिएको अदालतले एक महिनाभित्र ब्यबस्थापक चौधरीलाई कैद जरिवानाको सुनवाई गर्ने अदालतका तहसिदार प्रेमनारायण पराजुलीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस