प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२,काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । पछिल्लो समय दौडधुप बढि हुँदा थकान महसुस हुने समस्या देखिएपछि प्रधानमन्त्री ओली बुधबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि लागि थाइल्याण्डाको बैंकक जाने गरेका प्रधानमन्त्री ओली यसपटक त्रिवि शिक्षण अस्पताल गएका हुन् । खास तथा जटिल समस्या केही नरहेको र नियमित उपचारका लागि प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका हुन् । प्रधानमन्त्री ओलीलाई २४ घण्टाका लागि अस्पतालमै राखेर उपचार गर्ने चिकित्सकहरुले बताएका छन् ।

परीक्षणका लागि रगतको नमूना लिने काम भएको छ । यस्तै एक्स–रे सहित आवश्यक परीक्षणका काम भइरहेका छन् । बिहीबार बिहानसम्म सबैको रिपोर्ट आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस