कपिलवस्तुको पर्यटन प्रबर्द्धनमा हाम्रो प्रयास जारी : महादेव पोख्रेल

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ४ मिनेट

फाल्गुन २२, कपिलवस्तु । कपिलवस्तुको विकासका लागि विगत लामो समयदेखी क्रियाशिल रहनु भएको ब्यापार सघं कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेललेसगं गरिएको कुराकानी ।

                                                            ब्यापार सघं कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले

कपिलवस्तुको पर्यटन विकासको लागि के गर्नु पर्छ ?
पर्यटन विकासमा केन्द्र, प्रदेश र स्थानिय सरकारले विशेष जोड दिनु पर्छ । कपिलवस्तु खुल्ला ऎतिहासिक संग्रहालयको रुपमा रहेकोले पर्यटन विकासका लागि तिनै तहको सरकार लाग्नु पर्ने देखिन्छ । यसो गरे यहाको विकास तिब्रगतिमा अघि बढछ ।

पर्यटन र पर्यटकिय पहिचान कसरी गर्ने ?
सम्भावित पर्यटकिय स्थालको पहिचान भैसकेको छ । कपिलवस्तुको समग्र विकासका लागि यस क्षेत्रमा रहेका पर्यटकिय संभावनाको पहिचान गरि अघि बढनु पर्यो । कपिलवस्तुको बुद्धसगं सम्बन्धित पर्यटकिय स्थल सगंसगै मन्दिर, मस्जिद, चर्च, गुम्बा र ऎतिहासिक किल्लाको समेत प्रचारप्रसार गर्न अवास्यक छ ।

कपिलवस्तुको पश्चिममा पर्यटकिय सम्भावना बोकेको स्थान कुन कुन हुन ?
कपिलवस्तु एक पबित्र भुमी हो तपाईंलाई थाहा नै छ । यहाँ शान्तिका अग्रदुत गौतम बुद्धाको बाल्यकाल वितेको छ । कपिलवस्तुलाई विश्व शान्तिको सन्देश प्रवाह भएको ठाउँको रुपमा हेरिएको पाईन्छ । कपिलवस्तुको पश्चिम् क्षेत्रमा शिवगढी किल्ला, स्युराज किल्ला,सोनवागढ र शिवगढी मन्दिर त्यसैगरी कृष्णनगर र चन्द्रौटाको मस्जिद,चन्द्रौटाकै कार्णश्वरी मन्दिर, मुस्लिमको विभिन्न बाबाको माजार,महाराजगन्जको पल्टा मन्दिर लगायत यस क्षेत्रको पर्यटकिय सम्भावना बोकेको स्थानको रुपमा परिचित रहेका छन ।

यहाँ यति धेरै पर्यटकिय स्थालहरुको रहेको छ, यहाको पर्यटन प्रबर्द्धनको लागि तपाईंले के गर्नु भएको छ ?
हेर्नुस विकास भनेको जादुको छडी त होईन कि छु मन्तर गरु अनि एकै पटक विकास होस । तर मैले यस क्षेत्रमा पर्यटन प्रबर्द्धनका लागि बहुतै काम गरेको छु जस्तो मलाई लागेको छ । तपाईंको शिवगढी, सोनवागढ, शिवगढी किल्ला, स्युराज किल्लाको विकास हेर्न लायक छ । सुरुवातमा हामी शिवगढी सोनवागढ जस्तो विकट ठाँउमा रहेको स्थानलाई प्रचारप्रसार गर्यौ, यहाँका मिडियाले राम्रो साथ दियो । त्यसपछि चन्द्रौटामा लाग्ने महोत्सव मेलामा यहाँ रहेका पर्यटकिय स्थलको प्रत्यक्ष विकासको लागि पहल गर्यौ । सोनवागढमा त्रिभुवन विश्वविद्यालयको टोलि सहित अनुगमन, शिवगढिमा समेत विभिन्न टोलिको अनुगमन गरि यहाको प्रचारप्रसार गरेको छु ।

तपाईं ब्यापार सघं कपिलवस्तुको अध्यक्ष पनि हो ,पर्यटन र ब्यापारलाई सगसगै विकास गर्ने योजना के छ त ?
हेर्नुस पर्यटक, पर्यटकिय स्थल, र ब्यापार सग सगै जोडिएको एक अर्काको परिपुरक हो । पर्यटक आउनु नै पर्यटकिय स्थलमा हो । यहाँ आएपछी उसले गर्ने खर्च यहाकै ब्यापारी ब्यावसायिलाई प्रत्यक्षलाभ हुने हो । मैले पर्यटन ब्यवसायको लागि यहाँ धैरैनै सम्भावना देखेको छु । यसको लागि शिवगढिको धनखोला, भितारिया स्थित सोनवागढमा केही मात्रामा सा साना होटेल खुलेको पाएको छु यद्यपि यतिले मात्र पुग्दैन । यहाँ ठुलो होटेल अझ भनो भने बास बस्ने खालको होटेल अवस्यकता छ । यहाँ यस्ता खाले होटेल खुले भने यहाको पर्यटन सगै ब्यापार पनि राम्रो हुन्छ । केही साथीहरूले होटेल खोल्ने योजनाका साथ काम गरि पनि रहनु भएको छ ।

कपिलवस्तु क्षेत्र अहिले उद्योगिक करिडोरको रुपमा समेत विकास भएको छ यसलाई कसरी ब्यवस्थापन गर्न सकिन्छ ?
यो क्षेत्रको विकासको लागि धेरै मेहनत गरियो, निकै सघर्षको उपलब्धि भन्नू पर्छ कि अहिले उद्योग विकासले गति पाएको छ । विगतमा भएको विभिन्न किसिमको द्वन्द्व, बन्द हडताल, आन्दोलनले यहाँका उद्योग धरायसी भएका थिए । यहा उद्योगिक करिडोर स्थापन गरिनु पर्छ भन्दै हामिले ब्यापार सघंको नेतृत्व धेरै नै काम गर्यो । कयौं पटक काठमाडौ गयौं । डेलिगेश्न गयो। अहिले दुई दर्जनभन्दा बढी उद्योग खुलेका छ्न । केही खुल्ने क्रममा रहेका छन । हामी खुसी छौ । यहाँ उद्योग खुले यहाँको विकास तिब्र गतिमा भैरहेको छ । यहाँका नागरिकले प्रत्येक्ष रोजगार पाएका छ्न । उद्योगहरु खुलेका छ्न यसले गर्दा यहाँको पर्यटन प्रबर्द्धनमा समेत टेवा पुगेको छ ।

प्रस्तुती : सनिउल्ला धोबी, कपिलवस्तु

प्रतिक्रिया दिनुहोस