घुस लिएको आरोपमा सवइन्जिनियर पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन २१, काठमाडौँ । घुस लिएको आरोपमा बागमती प्रदेशअन्तर्गत मकवानपुरको हेटौंडास्थित पर्यटन विकास आयोजनाका सवइन्जिनियर पक्राउ परेका छन् । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिई गएको टोलीले सवइन्जिनियर नेत्रप्रसाद लामिछानेलाई पक्राउ गरेको हो ।

सवइन्जिनियर लामिछानेले निर्माण कार्य सम्पन्न पश्चात धरौटी रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा उनको कार्यालय परिसरबाटदआयोगको टोलीले नियन्त्रणमा लिएको आयोगले जनाएको छ । पक्राउ परेका लामिछानेमाथि आयोगले थप अनुसन्धान गरिरहेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसाल जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस