आज जुन र घामको भेट भएको छ: महासचिव विप्लव

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन २१, काठमाडौँ । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको बताएका छ न् ।आज राष्ट्रियसभामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै विप्लवले आफ्नो पार्टी सहमतिमा प्रतिबद्ध भएकाले आशंका नगर्न आग्रह गरेका छन् । उनले भने, ‘तीनबुँदेमा हामी प्रतिवद्ध छौं, पालना गर्छौं, आशंका वा कुतर्क गर्न जरुरी छैन ।’

उनले सहमतिपत्रलाई जुन र घामको भेटसँग तुलना गरेका छन् । उनले भने, “एउटा गीत छ यो कस्तो प्रेम भयो जुन र घामको जस्तो भन्ने आज त्यस्तै भएको छ, हामी त्यस्तै भएका छौँ आज जुन र घामको भेट भएको छ ।”

कार्यक्रममा बोल्दै विप्लव’ले विदेशी वा अन्य कुनै प्रकारको हस्तक्षेप सह्य नहुने बताएका छन् । आज राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा विप्लवले यस्तो बताएका हुन् । उनले भने, “हामीलाई विदेशीलगायत कुनै हस्तक्षेप मान्य छैन । हस्तक्षेप गर्न खोजे धर्तीमा गाडिन्छौँ तर झुुक्दैनौँ ।” उनले जनतालाई हरेक कुराको फैसला गर्न दिनुपर्ने बताए । जनतालाई स्वतन्त्र रूपमा निर्णय गर्न दिनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस